राजनीति

नेकपा एस : अब एक लाख ८० हजार गणना गर्दा २३ हजार मत पाए राष्ट्रिय दल बन्ने

Banner

काठमाडौँ, मंसिर १६–
मत गणना सकिएका १६२ क्षेत्रबाट दुई लाख ९४ हजार मत प्राप्त गरेको माधव नेपालको नेकपा (एकीकृत समाजवादी) राष्ट्रिय दल बन्ने सम्भावना न्युन भएको छ । राष्ट्रिय दल बन्न एकिकृत समाजवादीले हाल गणना भइरहेको तीन क्षेत्रका एक लाख ८० हजार मतबाट २३ हजार प्राप्त गर्न सके मात्रै थ्रेसहोल्ड कटाउन सक्छ । आयोगका अनुसार थ्रेसहोल्ड कटाउन तीन लाख १७ हजार मत आवश्यक पर्छ ।

निर्वाचन आयोगका अनुसार हालसम्म कुल सदर मतको ३ प्रतिशत थ्रेसहोल्ड कटाएर ७ पार्टी राष्ट्रिय दल बनेका छन् । एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाउने निश्चित भएको हो ।

प्रत्यक्षतर्फ एक सय ६२ क्षेत्रको अन्तिम परिणाममा कांग्रेसले ५५, एमालेले ४४, माओवादीले १७, एकीकृत समाजवादीले १०, जसपाले सात, राप्रपाले सात र राष्ट्रिय स्वतन्त्र पार्टीले सात सिट जितेका छन् । त्यस्तै, लोसपाले चार, नागरिक उन्मुक्ति पार्टीले तीन, जनमोर्चाले एक, नेमकिपाले एक, जनमत पार्टीले एक र पाँचजना स्वतन्त्रले जितेका छन् ।

गणना भइरहेका स्याङ्जा २ र बाजुरामा कांग्रेस तथा दोलखामा माओवादी उम्मेदवारले अग्रता लिएका छन् । यी तीनवटै क्षेत्रको अन्तिम परिणाम २० मंसिरसम्म आउने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>