राजनीति
नयाँ पार्टी खोल्ने तयारीमा प्रभु साह
०

काठमाडौँ, मंसिर १६–
रौतहट–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद प्रभु साहले नयाँ पार्टी खोल्ने तयारी गरेका छन् । उनले नेकपा एमालेले दिएको टिकट छाडेर रौतहटबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको टिकट वितरणमा असन्तुष्टि जनाउँदै साहले पार्टीबाट विद्रोह गरेर रौतहट ३ मा स्वतन्त्र उम्मेदवारी दिएका दिए ।
यद्यपि प्रभु साहलाई माओवादी केन्द्रसहित सत्ता गठबन्धनले चुनावमा सघाएको थियो । माओवादीबाट उम्मेदवारी दिएका रवीन्द्र पट्टेललाई रौतहट २ मा ब्याक भएर साहलाई समर्थन गर्न माओवादीले निर्देशन दिएको थियो । तर, पट्टेलले उम्मेदवारी फिर्ता लिन नमानेपछि उनी माओवादीको कारबाहीमा परेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























