राजनीति
प्रचण्ड र सिके राउतबीच भेटवार्ता,सरकार गठनबारे छलफल
०

काठमाडौं,मंसिर १५-
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच प्रचण्ड निवास खुमलटारमा बधाई तथा शुभकामना आदान प्रदान भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ । राउतले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए । देउवासँगको भेटमा जनमत पार्टी आगामी सरकारमा सहभागी हुनेबारे सहमति भएको कांग्रेसका नेता विमलेन्द्र निधिले दाबी गरेका छन् । नयाँ सरकारको गठनको विषय पेचिलो बनिरहँदा यसै निर्वाचनबाट उदाएको जनमत पार्टीका अध्यक्ष राउतको सक्रियतालाई अर्थपूर्णरुपमा हेरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























