राजनीति
पद्मा अर्यालकै वडामा धनराज गुरुङलाई झन्डै २ सय मतको अग्रता

स्याङ्जा,मंसिर १५-
स्याङ्जा निर्वाचन क्षेत्र नं.२ मा मतगणना भइरहेको छ । पछिल्लो नतिजाअनुसार नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिइ रहनुभएको छ । उहाँले नेकपा एमालेकी पद्माकुमारी अर्याललाई एक हजार चार सय ७३ मतले पछि पार्नुभएको हो ।
कांग्रेसका गुरुङले पाँच हजार नौ सय ७६ मत पाउनुभएको छ भने एमालेकी अर्यालको चार हजार पाँच सय तीन मत रहेको छ । यस्तै स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले एक हजार छ सय २५ मत प्राप्त गर्नुभएको छ ।
नेकपा एमालेकी उम्मेदवार अर्यालको स्थायी बसोवास रहेका वालिङ नगरपालिकाको वडा नं.१ मा समेत धनराज गुरुङले एक सय ९२ मतको अग्रता लिनुभएको हो । यस वडामा पद्मा अर्यालले अग्रता लिने एमालेको भनाइ थियो ।
स्याङ्जा २ मा गल्याङ नगरपालिकाको वडा नम्बर ६ र ७, भीरकोट नगरपालिकाको वडा नम्वर ५, ६, ७, ८ र ९, वालिङको वडा नं.१ र २ को गणना भइसकेको छ भने अहिले वालिङकै ५ नम्बर वडाको मतगणना भइरहेको छ ।


























