राजनीति

स्वतन्त्र पार्टीको नाम र चिन्ह अमेरिकाको फ्रिडम पार्टीसँग मिल्छः ओली

Banner

काठमाडौं, मंसिर -१३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको उदयबारे टिप्पणी गरेका छन्।

मंगलबार एमाले पार्टी कार्यालय च्यासलमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले स्वतन्त्र पार्टीको नाम र चिन्ह अमेरिकाको फ्रिडम पार्टीसँग दुरूस्तै मिल्ने बताए। ‘संयोग नै होला, अमेरिकामा एउटा फ्रिडम पार्टी भन्ने छ। त्यसको चिन्ह घण्टी छ। फ्रिडम पार्टी अफ अमेरिका। दुरूस्त आकारको फोटो खिचेजस्तो घण्टी यहाँ पनि ल्याएको छ, फ्रिडम पार्टी,’ ओलीले भने।

अमेरिकाको इन्डिपेन्डेट पार्टीसँग नाम र चुनाव चिन्ह मिल्ने टिप्पणी उनको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ प्रतिनिधि सभामा ७ सिट जितेको छ। समानुपातिकतर्फ १० लाख ८५ हजार पाँच सय ६४ मत ल्याइसकेको छ। अझै समानुपातिकको मतगणना सकिएको छैन।

ओलीले चुनावअघिसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले एक सिट पनि नजित्ने दाबी गर्दै आएका थिए। चुनावमा प्रत्यक्षतर्फ ७ सिट जितिसकेको रास्वपालाई ओलीले ह्वात्तै फुलेको भन्दै टिप्पणी गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>