राजनीति

समानुपातिक भोटमा माओवादीलाई फेरि उछिन्यो राष्ट्रिय स्वतन्त्र पार्टीले

Banner

काठमाडौं,मंसिर १२-

प्रतिनिधिसभाको समानुपातिकतर्फ जारी मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी केन्द्रलाई उछिनेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी माओवादीलाई उछिनेर तेस्रो स्थानमा उक्लेको छ भने माओवादी चौथो स्थानमा झरेको छ।

नेकपा एमाले र नेपाली कांग्रेस क्रमशः पहिलो र दोस्रो स्थानमा कायम छन्। अहिलेसम्म नेकपा एमालेले २४ लाख ७८ हजार ५ सय ४४ मत प्राप्त गरेको छ भने कांग्रेसले २३ लाख ५६ हजार १ सय ९० मत पाएको छ। समानुपातिकमा माओवादीलाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ४८ हजार ९ सय ३ मत प्राप्त गरेको छ। माओवादी केन्द्रको भागमा १० लाख ३७ हजार २ सय २७ मत परेको छ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ३७ हजार ८ सय १, जनता समाजवादी पार्टीले ३ लाख ९ हजार ५ सय ८६, जनमत पार्टीले २ लाख ४३ हजार ४ सय ९४ र नेकपा एकीकृत समाजवादीले २ लाख ४१ हजार ८ सय ५७ मत प्राप्त गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>