राजनीति

प्रत्यक्षतर्फ समानुपातिक : एमालेलाई २२ लाख ७५ हजारबढी मत, अन्य दलले कति पाए ?

Banner

चितवन, मंसिर ११–

मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । प्रत्यक्षतर्फको सबैभन्दा धेरै समानुपातिक मत पाउनेमा नेकपा एमाले रहेको छ ।

आज बिहान साढे ६ बजेसम्मको मतपरिणाम अनुसार एमालेले २२ लाख ७५ हजार ६५० मत कटाएको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २१ लाख ७० हजार ६९८ मत पाएको छ ।

तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले नौ लाख ५२ हजार ५०० मत कटाएको छ भने चौँथो स्थानमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीले नौ लाख १५ हजार १६३ मत पाएको छ ।

पाँचौ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले चार लाख ८३ हजार ६६१ मत कटाएको छ भने सातौँ स्थानमा रहेको नेकपा एकिकृत समाजवादीले दुई लाख १४ हजार २८६ मत कटाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>