राजनीति
माओवादी लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले दिए राजीनामा
०

लुम्बिनी, मंसिर १०-
माओवादी लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले आफ्नो पदबाट राजीनामा दिएका छन् । आज एक प्रेस विज्ञप्ति जारी गर्दै बरालले राजीनामा दिएका हुन् ।
उनले भनेका छन्– ‘प्रदेश अध्यक्षको हैसियतले उक्त सबै परिणामको नैतिक जिम्मेवारी लिइ आजैका मितिबाट अध्यक्ष पदबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु ।’ उनले आफू अध्यक्ष पदमा नरहे पनि अविचलित रुपमा पार्टी र आन्दोलनले सुम्पेको जुनसुकै जिम्मेवारी पूरा गर्न तयार रहेको बताएका छन् ।
बराल गुल्मी क्षेत्र नम्बर १ (२) मा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका थिए । उनलाई एमालेका चिन्तामणि पाण्डेले पराजित गरेका छन् । बराल २०७४ सालमा यही क्षेत्रबाट चुनाव जितेर लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्री समेत बनेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























