राजनीति

मोरङ २ मा एमालेका पोखरेल विजयी, कांग्रेस नेतृ सुजता कोइराला पराजित

Banner

विराटनगर, मंसिर १०-

मोरङ क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल निर्वाचित भएका छन्।

नेपाली कांग्रेस नेतृ सुजता कोइरालालाई पराजित गर्दै पोखरेल निर्वाचित भएका हुन्। २०७० सालको संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका पोखरेल यो पटक गिरीजाप्रसाद कोइरालाकी छोरी सुजातालाई पराजित गरेका हुन्।

पोखरेल ३३१४८ मत ल्याउदा कोइरालाले ३१९४० मत ल्याएकी छन्। गिरिजाले यही क्षेत्रबाट लगातार तीन पटक निर्वाचित हुँदै देशको प्रधानमन्त्रीसम्म भएका थिए। विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका पोखरेल २०७० को संविधानसभा निर्वाचनमा सभासद निर्वाचित भएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>