राजनीति
समानुपातिकतर्फ रास्वपालाई पछि पार्दै माओवादी तेस्रो ठूलो दल बन्ने सफल
०

काठमाडौँ, मंसिर १०-
मंसिर ४ मा सम्पन्न भएको मतदानको मतगणनामा जारी छ । हाल समानुपातिकतर्फ मतगणना गर्दा नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिनेर तेस्रो ठूलो दल बन्ने सफल भएको हो।
६८ लाख ७७ हजार ५९५ मत गन्दा माओवादीले रास्वपालाई उछिनेको छ। अहिले माओवादीले ८ लाख ४१८ अर्थात् ११.६३ मत पाएको छ भने रास्वपाले ७ लाख ९९ हजार ३४८ अर्थात् ११.६२ प्रतिशत मत पाएको छ।
समानुपातिकतर्फ काठमाडौं र सहरी क्षेत्रको मतगणना हुँदा रास्वपाले माओवादीलाई निरन्तर पछि पारेको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























