राजनीति
मोरङ-२ मा कांग्रेसकी सुजताभन्दा एमालेका ऋषिकेश अगाडि
०

काठमाडौं, मंसिर ९-
मोरङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसकी सुजाता कोइराला निरन्तर पछि परेकी छन्। कोइराला नेकपा एमालेका ऋषिकेश पोखरेलभन्दा १२ सय बढी मतले पछि छन्।
कांग्रेसकी कोइरालाको २९ हजार २७२ मत रहेको छ भने एमालेका पोखरेलले ३० हजार ५५४ मत प्राप्त गरेका छन्।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका ठगेन्द्र प्रसाद न्यौपाने ४ हजार ४०७ मतसहित तेस्रो स्थानमा छन्।
मोरङ-२ मा एमालेका पोखरेल र कांग्रेसकी कोइरालाबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























