गण्डकी
मतगणना नसकिँदै गोरखामा प्रचण्डको शानदार जित
०
गोरखा,मंसिर ७-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा २ बाट फराकिलो जित हासिल गरेका छन् । मतगणना नसकिँदै उनी विजयी बनेका हुन् । यस क्षेत्रमा अब १२ हजार मत मात्रै गन्न बाँकी छ । अहिलेसम्म प्रचण्डले २१ हजार ७४ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ८ हजार ४ सय ६३ मत ल्याउँदा तेस्रो स्थानमा एमालेका अब्दुस मियालाई ५ हजार ६ सय ३७ मत आएको छ ।
दोस्रो स्थानमा रहेका बुर्लाकोटीसँग प्रचण्डको मतान्तर १२ हजार ६ सय ११ पुगेको छ । त्यसैले बाँकी मत जता गए पनि प्रचण्डको जित निश्चित भएको हो । चितवनबाट चुनाव लड्ने तयारी गरेका प्रचण्ड अन्तिम समयमा गोर्खा गएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>