Breaking News

प्रचण्डले छाडेको चितवन–३ मा माओवादीले २७ सय मत ल्याउँदा समानुपातिकमा घण्टीको १० हजार मत

Banner

चितवन, मंसिर ७-

प्रचण्डले छाडेको चितवन–३ मा समानुपातिकतर्फ तीन ठूला दलको मत जोड्दा भन्दा बढी मत राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको छ ।

पछिल्लो मतगणना अनुसार चितवन–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले १० हजार ४८५ मत ल्याएको हो । मतगणनामा एमालेले तीन हजार ६८५, कांग्रेसले तीन हजार ६१० र माओवादीले दुई हजार ७८२ मत र राप्रपाले तीन हजार ९३ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले घण्टी चिन्हमा ल्याएको मत तीन पुराना दलहरु कांग्रेस, एमाले र माओवादीको मत जोड्दा भन्दा बढी हो ।

यस क्षेत्रलाई कांग्रेसको गढ मानिँदै आएको भए पनि समानुपातिकतर्फ भने कांग्रेसले पर्याप्त मत पाउन सकेन । त्यसैगरी अन्य दलहरुको अवस्था पनि त्यस्तै रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>