निर्वाचन

लमजुङमा प्रतिनिधिसभा सदस्यतर्फ एमालेका उम्मेदवार करिब दुई हजार मतले अघि

Banner

लमजुङ, मंसिर ६-

लमजुङ प्रतिनिधिसभा सदस्यतर्फको पछिल्लो सार्वजनिक मतगणना परिणामअनुसार एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले एक हजार आठ सय २० मतले अघि हुनुभएको छ । पछिल्लो मतपरिणामअनुसार कूल गणना २३ हजार आठ सय ७० मध्ये गुरुङले ११ हजार ६ सय १७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिनुभयो । उहाँका अनुसार वाम–लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले नौ हजार सात सय ९७ मत प्राप्त गर्नुभएको छ ।

उक्त मतगणना हुँदासम्म ६ सय ७८ मत बदर भएको छ । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा एक लाख ३३ हजार पाँच सय ५९ मतदातामध्ये ८० हजार नौ सय १७ मत खसेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>