देश/प्रदेश

कास्की–३ मा एमाले उम्मेदवार पौडेलको अग्रता

Banner

पोखरा, मंसिर ६-

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा कास्की क्षेत्र नं ३ मा नेपाल कम्युनिष्ट पार्टी९एमाले०का दामोदर पौडेल ९बैरागी० अगाडि हुनुहुन्छ ।
पोखरा–७ शहीदचोकस्थित जिल्ला समन्वय समितिको सभाकक्षमा जारी मतगणनाको सुरुआतदेखि अग्रता बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार योगराज पौडेललाई उछिन्दै उहाँले चार हजार आठ सय ५१ मत प्राप्त गर्नुभयो । योगराजले चार हजार चार सय सात मतसहित पछ्याइरहँदा नेकपा ९माओवादी केन्द्र०का रामजीप्रसाद बरालले तीन हजार दुई सय सात मत प्राप्त गर्नुभयो ।

प्रतिनिधिसभातर्फ सो क्षेत्रमा हालसम्म पोखरा महानगरपालिका–१, २, ३, १८ र १९ को गणना सकिएको छ । कूल एक लाख एक हजार सात सय १५ मतदाता रहेकामा ६१ हजार ६ सय १४ मत खसेको थियो । कास्की–३ मा प्रतिनिधिसभा सदस्यका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १५ उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रतिनिधिसभाको तीन र प्रदेशसभाको छ निर्वाचन क्षेत्र रहेको कास्कीमा पुरुष एक लाख ३९ हजार ४२, महिला एक लाख ५३ हजार पाँच सय २२ र अन्य चार गरी कूल दुई लाख ९१ हजार पाँच सय ६८ मतदाता रहेकामा एक लाख ७९ हजार नौ सय ६६ मत खसेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>