देश/प्रदेश

मुस्ताङमा प्रतिनिधिसभा सँगै प्रदेशसभा (क) मा पनि कांग्रेस नै विजयी

Banner

मुस्ताङ, मंसिर ५-

मुस्ताङ प्रदेशसभा (क) मा कांग्रेस विजयी भएको छ । प्रतिनिधिसभा सदस्यमा खाता खोलेको नेपाली कांग्रेसले प्रदेश सभामा पनि विजयी भएर खाता खोलेको हो ।

मुस्ताङ (क) मा कांग्रेसका नम्डु गुरुङले एमाले उम्मेदवार इन्द्रधारा विष्टलाई २५५ मतान्तरले पराजित गरेका हुन् । नम्डुले १०४८ मत पाउँदा विष्टले ७४३ मत मात्रै पाए । विष्ट गण्डकी प्रदेश सभाका पूर्व सदस्यसमेत हुन् । वडाध्यक्ष हारेका नम्डु प्रदेश सभा सदस्यमा निर्वाचित बनेका हुन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>