गण्डकी

गोरखाका ८ केन्द्रमा पुनः मतदान गर्न एमालेसहित ८ दलको माग

Banner

गोरखा,मंसिर ५-

गोरखा क्षेत्र नम्बर १ र २ का ८ वटा मतदान केन्द्रमा पुनः मतदान माग गर्नपर्ने भन्दै नेकपा एमाले लगायतका दलहरुले माग गरेका छन्। गठबन्धनमा आवद्ध लहरुले लोकतन्त्र विरोधी कामहरु गरेको आरोप लगाउँदै ८ दलले पुनः मतदान गर्न माग गरेका हुन्।

नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार अब्दुस मियाँ, प्रतिनिधिसभा २ (क) का उम्मेदवार राजु राना, प्रतिनिधि सभा २ (क)का उम्मेदवार वसन्त कुमार गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटी लगायका स्वतन्त्र उम्मेदवारहरुले पुनः मतदानको माग गरेका हुन्। नेपाल परिवार दलका रविन्द्र थापा, राप्रपाका राजेन्द्र विक्रम शाह, हाम्रो नेपाली पार्टीका सरोज राज गिरी, विल बहादुर तामाङ लगायतले पुनः मतदानको माग गरेका हुन्।

‘स्वतन्त्र निष्पक्ष र धाँदली रहित निर्वाचनको मूलमर्ममाथी प्रहार गर्दै अपवित्र र अराजनैतिक गठबन्धन पक्षधरहरुबाट गोरखा जिल्लाको निर्वाचन क्षेत्र नं.१ र २ का विभिन्न मतदान केन्द्रहरुमा सत्ता र शक्तिको आडमा मृतक, वेपत्ता, विदेशमा रहेका, तथा अनुपस्थित मतदताहरुको नामबाट मतदान गर्ने, अन्य उम्मेदवारका फर्जि प्रतिनिधि खडा गर्ने, प्रतिनिधिहरुलाई तर्साउने र भौतिक आक्रमण गर्ने, प्रतिनिधिहरुलाई बोल्न नदिने, मतदाताहरुको इच्छा विपरित समातेर लगेर मतदान गर्ने, धम्क्याउनको लागि काउण्टर राख्ने वाध्य पारेर मुचुल्कामा सहि गराउने जस्ता अवान्छित कृयाकलापहरु भएका छन्,’ ८ दलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>