देश/प्रदेश

सदर र बदर भएको भन्दै भक्तपुर २ मा रोकियो मतगणना

Banner

काठमाडौँ, मंसिर ५-

भक्तपुर क्षेत्र नं. २ मा मतगणना रोकिएको छ । सदर र बदर मतको विषयमा विवाद हुँदा मतगणना रोकिएको हो । आज बिहान साढे २ बजेदेखि मतगणना सुरु भएको थियो ।

४ मंसिरमा भक्तपुर–२ मा ९१ हजार ९११ मतदातामध्ये ६५ हजार ७७५ मत खसेको थियो । हिजो मतदान सकिएपछि गएराति १० बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने निर्णय भएको थियो ।

प्रारम्भिक मत गणनामा कांग्रेसका थापाले अग्रता लिएका छन् । थापाले २ हजार २३० मत पाउँदा एमाले उम्मेदवार महेश बस्नेतले १ हजार ६३२ र राप्रपाका मोहन केसीले १२३ मत पाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>