देश/प्रदेश

ललितपुरका तीन वटै क्षेत्रमा एमालेको अग्रता

Banner

काठमाडौँ, मंसिर ५-

ललितपुरका तीन वटा प्रतिनिधि सभा क्षेत्रमा नेकपा एमालेका उम्मेदवारहरूले अग्रता लिएका छन्। ललितपुर क्षेत्र नम्बर १ मा अहिलेसम्म १२७८ मत गणना भएको छ। नेकपा एमालेका उम्मेदवार नवराज सिलवालले ६६७ मत ल्याएका छन् भने यहाँ नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर जवराले ४०२ मत ल्याएका छन्।

ललितपुर क्षेत्र नम्बर २ मा १० हजार ८८ मत खसेको छ। ललितपुर क्षेत्र नं २ मा नेकपा एमालेले आफ्नो अग्रता कायमै राखेको छ। अहिलेसम्म १० हजार ८८ मतगणना भएकोमा एमालेका प्रेमबहादुर महर्जनले २ हजार ९ सय ८० मत ल्याएका छन्।

हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले २ हजार ४ सय ९७ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले १ हजार ४ सय ९० मत ल्याएका छन्। सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का कृष्णलाल महर्जनले १ हजार ४ सय ७७ मत ल्याएका छन्। राप्रपाका रघुवर थापाले १ हजार ४ सय २६ मत ल्याएका छन्।

ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका लागि भइरहेको मतगणनामा नेकपा ९एमाले०ले अग्रता लिएको छ। सोमबार बिहानसम्म १२ सय मत गन्दा अमृत खड्काले ५१० मत पाएका छन् भने दोस्रो स्थानमा रहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले ४९५ मत पाएकी छन्। सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसाल तेस्रो स्थानमा छन्। उनले २१५ मत पाएकी छन्। भुसाल अहिले ऊर्जामन्त्री छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>