राजनीति

बाजुरामा कांग्रेस कार्यकर्ताको कुटपिटबाट एमालेका विद्यार्थी नेताको मृत्यु

Banner

बाजुरा,मंसिर ५-

बाजुरामा आइतबार राति १ जना विद्यार्थी नेताको कुटपिटबाट मृत्यु भएको छ। आइतबार मतदानका क्रममा भएको विवादलाई लिएर कांग्रेस कार्यकर्ताले राति घरमा आक्रमण गरेर त्रिवेणी नगरपालिका ८ का चेतन एडीलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्य थापाका अनुसार कुटपिटबाट गम्भीर घाइते भएका ऐडीको उपचारका क्रममा बयलपाटा अस्पताल अछाममा मृत्यु भएको हो।

डीएसपी थापाका अनुसार वडा नम्बर ७ को नाटेश्वरी मतदान केन्द्रमा भएको विवादको विषयलाई लिएर अयडीमाथि आक्रमण गरिएको थियो। अयडी नेकपा एमाले सम्बद्ध अनेरास्ववीयु सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष हुन्। उनी बाजुरा क्याम्पसका स्ववियु सभापति समेत हुन्।

आइतबार मतदानका क्रममा एमाले र कांग्रेसका कार्यकर्ताबीच भएको विवादका क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय २५ वर्षीय सुरेन्द्र अयडीको मृत्यु भएको थियो। उनी नेपाली कांग्रेस निकट हुन्। उक्त पालिका नेपाली कांग्रेसका सभापति रामसिंह रावलको गृहपालिका हो। उनकै निर्देशनमा घटना भएको भन्दै स्थानीय एमाले कार्यकर्ताले कारबाहीको माग गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>