राजनीति

संघीयतामा असहमत बालेनले गरे प्रदेशको मतदान ‘बहिष्कार’

Banner

काठमाडौं,मंसिर ४-

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रदेश सभा चुनावको मतदान बहिष्कार गरेका छन् । आज उनले प्रतिनिधिसभाको चुनावका लागि भोट हाले पनि प्रदेश सभाका लागि हालेनन् । मेयर साहले काठमाडौं महानगरपालिका ९ स्थित गैरीगाउँमा रहेको अन्नपूर्ण मतदान केन्द्रबाट भोट खसाएका थिए । उनले प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फ मतदान गरे । तर, प्रदेशसभातर्फ प्रत्यक्ष र समानुपातिक दुवैको मतपत्र उनले लिएनन् ।

मेयर साहले नेपालको संघीय प्रणालीप्रति सैद्धान्तिक असहमति जनाउँदै आएका छन् । संघ र स्थानीय तहका बीचमा प्रदेश संरचना आवश्यक नरहेको र यो देशको अर्थतन्त्रका लागि बोझ मात्रै बनेको उनको तर्क छ । संघीयताप्रति बिमति जनाउँदै बालेनले प्रदेशको मतदानमा भाग नलिएका उनका निकट सहयोगी कुमार बेनले बताए । ‘उहाँले जून संरचना ठिक छैन भनिरहनुभएको छ, त्यसका लागि भोट हाल्ने कुरै आउँदैन,’ उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>