निर्वाचन

अभिनेत्री केकी अधिकारीले गरिन् मतदान

Banner

काठमाडौं, मंसिर ४-

अभिनेत्री केकी अधिकारीले अहिलेको चुनाव नयाँ र पुरानो सोचबीचको लडाइँ भएको बताएकी छन् ।

आज (आइतबार) प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चयनका लागि काठमाडौं क्षेत्र नम्बर ३ को अत्तरखेलस्थित लिटिल बर्ड स्कुल केन्द्रमा मतदान गरिसकेपछि उनले यस्तो बताएकी हुन् ।

‘अहिलेको चुनाव नयाँ र पुरानो पुस्ताभन्दा पनि नयाँ र पुरानो सोचबीचको लडाइँ हो,’ केकीले भनिन्, ‘यो चुनावमार्फत पुरानो सोचको अन्त्य गर्न आवश्यक छ ।’ मतदान गर्न पाउँदा आफू उत्साहित भएको भन्दै उनले चुनाव नयाँ युगको नयाँ बिहानी भएको उल्लेख गरिन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>