भिडियो
गायिका इश्वरी बरालले बजारमा ल्याइन् ‘दही दिन्छु मोही दिन्छु’ (भिडियो)

काठमाडौं, जेठ १–
पत्रकार एवं गायिका ईश्वरी बरालको नयाँ गीत सार्वजनिक भएको छ । गायिका बराल ‘दही दिन्छु मोही दिन्छु’ बोलको गीत लिएर बजारमा आएकी हुन् । गायिका बरालकै युट्युव च्यानल मार्फत ठाडो भाका र झ्याउरेको फ्युजन गरिएको लोक लयमा आधारित गीत ‘दही दिन्छु मोही दिन्छु’ सार्वजनिक गरिएको हो।
यस गीतमा दिपक शर्माको शब्द र संगीत रहेको छ। ओएभ स्टुडियोमा रेकर्ड गरिएको यस गीतको एरेन्ज सविन सुवेदीले गरेका हुन् भने मिक्सीङ, मास्टरिङ नरेन्द्र वियोगीको रहेको छ।
केशवराज भट्टले निर्देशन गरेको म्युजिक भिडियोमा सुरेस कोली, तिर्सना बराइली, शेखर घर्ती मगर र गायिका बरालको स्वंम नृत्य तथा अभिनय रहेको थियो । भिडियोमा कोरियोग्राफी पनि भट्टले नै गरेका हुन् भने सकायक कोरियोग्राफर नविन पौडेल रहेका छन्। लोक पप, आधुनिक र र्याप गीत गाउदै आएकी बरालको लोक लयमा आधारित यो पहिलो गीत हो।
गायिका बरालको यसअघिका नरिसाउन होइ, खानदानी छोरी, माया छकि छैन, नैना रेसम लगायत गीत चर्चामा छन्।


























