देश/प्रदेश
सुनसरीको बर्जु मतदान केन्द्र नजिकै विष्फोट, बालिका घाइते
०

विराटनगर, मंसिर ४-
सुनसरीको बर्जु गाउँपालिका-५ स्थित मतदान केन्द्रमा विष्फोट भएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रको गेट नजिकै विष्फोट भएको हो ।
विष्फोटपछि मतदाताबीच भागदौड मच्चिएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार संकास्पद बस्तु पड्किंदा एक बालिका सामान्य घाइते भएकी छन् । हाल बालिकाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























