देश/प्रदेश

अन्य दिन जस्तै आजपनि त्रिभुवन विमानस्थलबाट ३८ उडान हुने

Banner

काठमाडौँ, मंसिर ४-

सामान्य अवस्थामा जस्तै आम निर्वाचनको दिन आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३८ वटा उडान हुँदै छ। आम निर्वाचनको दिन सार्वजनिक र निजी सवारीसाधन गुडाउन प्रतिबन्ध गरेपनि उडान गर्नेको लागि हरियो नम्बर प्लेट भएका ट्याक्सी प्रयोग गरिएको हो ।

त्रिभुवन विमानस्थल महाप्रबन्धक प्रेम ठाकुरका अनुसार सधै जस्तो आजपनि ३८ वटा उडान र ३८ वटै अवतरण तालिका रहेको छ। त्यस्तै आन्तरिक उडानमा लुक्लामा पर्यटक ल्याउनको लागि केही उडान भए पनि बाँकी क्षेत्रमा नियमित उडान भएको छैन। कुनै ठाउँमा रेस्क्यु उडान गर्नुपरे तुरुन्तै अनुमति दिने ठाकुरले बताए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>