राजनीति
धनुषा र सप्तरीमा प्रतिनिधि सभाको मतपत्रको सट्टा प्रदेश सभाको मतपत्र दिइएपछि विवाद
०

धनुषा, मंसिर ४-
धनुषाको कमला नगरपालिका–६ बिलट बौकु मावि माडन मतदानस्थलको ‘ख’ केन्द्रमा मतदान रोकिएको छ । मतदान अधिकृतले प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपत्र मतदातालाई दिनुपर्नेमा प्रदेश सभाको प्रत्यक्षतर्फको मतपत्र दिएको पाइएपछि बिहान ९ बजेदेखि मतदान रोकिएको हो । त्यतिबेला ७० वटा मत खसिसकेको थियो ।
यसैगरी सप्तरी क्षेत्र नम्बर २ को राजविराज नगरपालिका ११ स्थित स्वास्थ्यचौकी मतदान केन्द्र ‘क’ मा पनि प्रतिनिधि सभातर्फको मत पत्रको ठाउँमा प्रदेश सभाको मत पत्र दिइएको पाइएपछि झण्डै डेढ घण्टा मतदान रोकिएको छ । त्यतिबेला ३९ जनाले मतदान गरिसकेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























