राजनीति
गुल्मीको छापहिले माविमा २ घण्टा रोकिएको मतदान पुनः सुरु
०

गुल्मी, मंसिर ४-
गुल्मीको मालिका गाउँपालिका ५ छापहिले मतदान केन्द्रमा केही बेर रोकिएको मतदान पुनः सुरु भएको छ ।
गाउँपालिका ५ छापहिले मतदान केन्द्रमा क मा संघको प्रत्यक्ष तर्फको मतपत्र नदिएर प्रदेशको दुई वटा दिएका कारण केही बेर रोकिएको मतदान कार्य पुनः सुरु भएको हो । सहायक मतदान अधिकृत मोहलाल पौड्यालको कार्य हेरफेर र खसेको ५४ वटा मत फेरि खसाल्ने निर्णयका साथ पुनः मतदान सुरु भएको हो ।
५४ वटा खसेका मत पुनः खसाल्ने मतदान अधिकृत बाबुराम पोख्रेलले जानकारी दिनुभयो । सहायक मतदान अधिकृतको जिम्मेवारी रवि थापाले पाउनुभएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























