देश/प्रदेश

स्कूलको छतमा राखिएको बम विस्फोट, मतदाताको भागदौड

Banner

रूपन्देही, मंसिर ४-

बर्दियाको क्षेत्र नम्बर १ स्थित गुलेरिया २ को नेरा सम्भुशरणा प्रावि खैरापुर मतदान केन्द्रमा विस्फोट भएपछि मतदान रोकिएको छ । मतदान सुरू भएको केही समयमै सो स्कूलको छतमा राखिएको बम विस्फोट भएको पत्रकार यज्ञप्रसाद सापकोटाको चनाइ छ ।

मतदान केन्द्र रहेको स्कूल भवनमाथि विस्फोट भएपछि मतदाताको भागाभाग भएको छ । भागदौडमा एकजना वृद्व लडेका थिए । अन्य क्षतिको जानकारी आएको छैन । अहिले त्यसक्षेत्रमा बाक्लोरूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

स्थानीय प्रशासनले समन्वय गरिरहेको जनाएको छ । स्रोतः नेपालप्रेस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>