निर्वाचन
शहरी विकास मन्त्री चौधरीले बाढीपीडितलाई चामल बाँडेर मतदाता प्रभावित बनाउन खोजेको आयोगको आरोप
०

काठमाडौं मंसिर ३-
निर्वाचन आयोगले सहरी विकास मन्त्री मेटमणि चौधरीलाई २५ हजार रूपैयाँ जरिवाना गरेको छ । निर्वाचन आचारसंहिता उल्लंघन गर्दै मतदाता प्रभावित गरेको कसुरमा उहाँलाई आयोगले जरिवाना गरेको हो । उहाँले बाढीपीडितलाई चामल बाँडेर मतदाता प्रभावित बनाउन खोजेको आयोगको आरोप छ ।
चौधरीले आफ्नो क्षेत्रमा बाढी पीडितलाई राहत वितरण गर्ने भन्दै मतदाता प्रभावित पारेको आयोगको भनाइ छ । यस्तै, स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङलाई पनि आयोगले पाँच हजार हजार जरिवाना र विभागीय कारबाहीको सिफारिस गरेको छ । उहाँले निर्वाचन आचारसंहिता लागू भएपछि कर्मचारी सरुवा गरेको आयोगको भनाइ छ ।
उहाँहरूलाई निर्वाचन आयोग ऐनअनुसार जरिवाना गरिएको निर्वाचन आयोगको भनाइ छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























