राजनीति
मदिरा सेवन गरेपछि मतदान अधिकृत बर्खास्त
०

परासी, मंसिर ३-
पश्चिम नवलपरासीका एक मतदान अधिकृत मदिरा सेवन गरी अचेत अवस्थामा भेटिएपछि बर्खात भएका छन् । मतदान अधिकृतको रुपमा बर्दघाट नगरपालिका १३ स्थित दुर्गा माध्यमिक विद्यालयमा खटिएका सहायक वन अधिकृत श्यामणी प्रसाद मण्डल शनिबार मादक पदार्थ सेवन गरेर अचेत अवस्थामा भेटिएका थिए ।
प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेका अनुसार उनलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले बर्खास्त गरेको हो । निर्वाचनमा अवरोध आउने कार्य गरेको भन्दै मण्डललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
मण्डल बर्खास्तमा परेपछि उक्त स्थानमा नयाँ मतदान अधिकृत खटाइएको मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























