देश/प्रदेश
भारतबाट भोट हाल्न फर्केका वृद्धको बाटैमा मृत्यु
०

काठमाडौँ, मंसिर ३-
भोट हाल्न भारतबाट फर्कंदै गरेका वृद्ध मृत फेला परेका छन् । भारतको सिम्लामा काम गर्दै आएका वली निर्वाचनमा मतदानका लागि घर फर्किने क्रममा जोरायल गाउँपालिका ३ चन्कट्टे नजिकै सेरी बर्बरा खेतमा बाटोको छेउमै मृत भेटिएका प्रहरीले जानकारी दिएको हो ।
उनको साथमा झोला र नजिकै मदिराको बोत्तल पनि रहेकोले मदिरा सेवन गरी राती जाडोले कठ्याङ्ग्रिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























