राजनीति
पाँचथरको मतगणनास्थलमा सीसी क्यामेरा सँगै तारजाली लगाउने काम सम्पन्न
०

पाँचथर, मंसिर ३-
पाँचथरमा मतगणनास्थलमा सीसी क्यामेरा सँगै तारजाली लगाउने काम सकिएको छ। सीसी क्यामेरा जडानसँगै तारजाली लगाउने र गणनास्थल फिदिममा रहेको जिल्ला समन्वय समिति अगाडिको कर्भड हल वरपर सुरक्षा प्रबन्ध मिलाउने काम सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।
गणनास्थलमा तारजाली लगाउनका साथै सुरक्षा पोस्ट, मिडिया डेस्क र आवश्यक संरचना निर्माण गरिएको छ । जिल्लामा एक सय ३ वटा मतदानस्थल र एक सय ७७ वटा मतदानकेन्द्र तोकिएको छ। जिल्लामा मतदान गराउन एक हजार ४ सय १२ कर्मचारी, म्यादीसहित तीन हजार सुरक्षाकर्मी परिचालन भएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























