देश/प्रदेश

तुलसीपुरमा उम्मेदवार चढेको गाडीभित्र जन्मियो बच्चा

Banner

तुलसीपुर,मंसिर ३-

दाङमा उम्मेदवार चढेको गाडीमा एक महिलाले बच्चालाई जन्म दिएकी छन् । एमालेबाट प्रस्तावित मुख्यमन्त्री तथा प्रदेश ३ (१) का उम्मेदवार घनश्याम पाण्डे चढ्ने स्कारपियो जिपभित्र तुलसीपुर उपमहानगरपालिका– १५ डुरुवा निवासी २४ वर्षकी सृजना चौधरीले शिशुलाई जन्म दिएको उनका श्रीमान प्रदिप चौधरीले जानकारी दिए ।

आफन्तसँग भेटघाटमा रहनु भएका पाण्डेले सुत्केरी व्यथाले थलिएको खबर पाएपछि उद्धार गरेर राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउँदै गर्दा सृजनाले बाटोमै छोरीलाई जन्म दिएकी हुन् ।

बा १२ च ३६२४ नम्बरको स्कारपियो जिपमा अस्पताल लग्दै गर्दा राति १० बजेर ५५ मिनेट जादा छोरीको जन्म भएको प्रदिपले जानकारी दिए । बच्चा र आमाको स्वास्थ्य अवस्था राम्रो भएको राप्ती प्रादेशिक अस्पताल अन्तर्गत प्रसूति गृहमा कार्यरत अनमी पुजना वलीले जानकारी दिइन । सृजनाको यो दोस्रो सन्तान हो ।

यसअघि उनले पहिलो सन्तानको रुपमा प्रिन्सालाई जन्म दिएकी थिइन् । सुत्केरीका आफन्तले सहयोगका लागि धन्यवाद दिदै गर्दा उम्मेदवार पाण्डेले यो आफ्नो कर्तव्य रहेको प्रतिकिया दिदै सहयोग गर्न पाउँदा निकै खुशी भएको बताए ।

तुलसीपुर उपमहानगरपालिका मातृशिशु मृत्युदर सुन्यमा झार्ने देशमै पहिलो स्थानीय पालिका हो । तुलसीपुर उपमहानगरापलिकामा ४ वर्षको अवधिमा करिब १८ हजार जनाले सुत्केरी सेवा लिएका छन् । उम्मेदवार पाण्डे तुलसीपुर उपमहानगरपालिकाको नेतृत्वमा रहदा स्मार्ट छोरी बिहेबारी, बिस वर्ष पारी नारा दिएर छोरीलाई जन्मेको २० वर्षसम्म मासिक दुईसय रुपैयाँ भत्ता दिने नीति लागू गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>