देश/प्रदेश

भोजपुरका लागि उडेको विमान काठमाण्डौ नै फर्कियो

Banner

काठमाण्डौ मंसिर २–

काठमाण्डौबाट भोजपुरका लागि उडेको नेपाल वायु सेवा निगमको ट्विनअटर जहाजमा थर्कने समस्या भएपछि बाटोबाटै फर्किएको छ । फ्लाइट कन्ट्रोल सिस्टममा देखिएको समस्याका कारण जहाजमा भाइब्रेशनु अर्थात् थर्किने समस्या देखिएपछि काठमाण्डौ नै फर्किएको नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।

१५ जना यात्रु बोकेर उडिरहेको निगमको विमान उडेलगत्तै समस्या देखिएपछि काठमाण्डौ नै फर्किएको उहाँले बताउनुभयो । निगमको विमान ग्राउन्डेड भएपछि अर्को विमान नहुँदा काठमाण्डौबाट भोजपुर जाने र भोजपुरबाट काठमाण्डौ फर्कने दुवैतर्फका यात्रु अलपत्र परेका छन् । ट्विनअटरले भोजपुरपछि फाप्लु र दाङ उडान गर्ने तालिका थियो । यी दुई गन्तव्यका यात्रु पनि अलपत्र परेका छन् ।

अहिले विमान मर्मतको काम भइरहेको प्राधिकरणले जनाएको छ । निगमले ट्विनअटरले उडान भर्ने भोलि शनिवारको उडान स्थगित गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>