देश/प्रदेश

दीपक मनाङेलाई आयोगले गर्‍यो २५ हजार जरिवाना

Banner

काठमाडौँ, मंसिर २

निर्वाचन आयोगले राजीव गुरुङ उर्फ दीपक मनाङेलाई २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । मनाङ प्रदेश सभा ‘ख बाट निर्विरोध निर्वाचित भएका गुरुङलाई निर्वाचन आचारसंहिता उल्लघंन गरेको अभियोगमा सो जरिवाना तोकिएको हो ।

निर्वाचन आयोगका अनुसार मनाङेले केही साता पहिले सार्वजनिक रूपमा निर्वाचन आयोगले तयार पारेको उम्मेदवारले गर्ने खर्चको सीमाको आलोचना गरेका थिए । उनले आयोगले उम्मेदवारलाई ३० लाखको खर्चको सीमा तोकेकोप्रति आपत्ति जनाउँदै उम्मेदवारी दर्ताकै दिन १५ लाखको रक्सी खाने बताएका थिए ।

उनले भनेका थिए, ‘जुन अहिले निर्वाचन आयोगले ३३ लाख, ३० लाखभन्दा बढी खर्च गर्नु हुँदैन भनेको छ, ३० लाखमा नेपालमा चुनाव जित्छ यार, मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी खाइदिन्छ ।’ उनको सो अभिव्यक्तिपछि आयोगले उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । सो स्पष्टीकरण चित्त नबुझेपछि आयोगले जरिवाना गरेको हो । स्रोतः रातो पार्टी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>