देश/प्रदेश
निर्वाचन नजिकिए सँगै उपत्यका छाड्नेको संख्या बढ्यो
०

काठमाडौँ, मंसिर २-
प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन नजिकिए सँगै भोट हाल्न गाँउ जानेको संख्या बढेको छ ।
अन्य दिनको तुलनामा काठमाडौं उपत्यकाका सहित विभिन्न जिल्लामा घर फर्कने यात्रुहरुको संख्या केही बढेको हो । ट्राफिक प्रहरी महाशाखाका अनुसार कोटेश्वर, कलंकी, बालाजु लगायतका क्षेत्रमा गाउँ फर्किने यात्रुहरुको चहलपहल अघिल्ला दिनको तुलनामा बढी देखिएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४२ हजार ६४० जना यात्रु उपत्यका भित्रिंदा ५८ हजार २९४ बाहिरिएको रेकर्ड रहेको ट्राफिक प्रहरीले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























