राजनीति

डडेल्धुरामा देउवाका प्रतिस्पर्धी सागर ढकालको ‘निराहार’ व्रत

Banner

काठमाण्डौ मंसिर २-

डडेल्धुरामा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले ‘निराहार’ व्रत सुरु गर्नुभएको छ ।
आइतवार हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले ‘निराहार’ व्रत सुरु गर्नुभएको हो।

गएराति स्थिर समय सुरु हुनुअघि एक भिडियोमार्फत् उहाँले व्रत बस्ने बताउनुभएको थियो । आजदेखि सुरु भएको उहाँको व्रत पर्सि ४ गतेसम्म रहनेछ । गुल्मी स्थायी घर भएका इञ्जिनियर ढकालले चुनावका लागि ४ महिनादेखि डडेल्धुरामा हुनुहुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>