देश/प्रदेश
ओली प्रती नेपालको घृणा: कंस र रावण जस्ता व्यक्तिलाई जन्म दिने यो धर्ती कस्तो ?

काठमाडौं, मंसिर १-
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कंस र रावणसँग तुलना गरेपनि कुनै फरक नपर्ने बताएका छन् ।
काठमाडौं २ को अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई जन्म दिएको धर्तीप्रति समेत आक्रोश व्यक्त गरेका छन् । त्यस्तै नेपालले अोलीलाई कंस र रावणसँग तुलना गर्दै बिर्सेर पनि यस्ता व्यक्तिलाई भोट नदिन समेत जनतालाई आग्रह गरेका हुन् ।
नेपालले भने-यस्ता व्यक्तिलाई जन्म दिने कस्तो होला यो धर्ती ? हुन त रामसँगै रावण पनि जन्मिए, कृष्णले कंसको सामना गर्नुपरेको थियो । त्यही कंस र रावण प्रवृतिको जन्म भयो, के गर्ने । म कसैको विरोध त गर्दिन तर यस्ता व्यक्ति पनि झेल्नुपर्यो ।
त्यस्तै चुनावी अभियानको सुरु भएदेखि नै केपी ओलीप्रति व्यक्तिगत आक्रोश व्यक्त गर्दै आएका नेकपा एसका अध्यक्ष नेपालले अन्तिम चुनावी सभामा अझ बढी घृणा व्यक्त गरेका छन् ।


























