राजनीति

ओनसरी घर्ती नेपालको प्रधानमन्त्री बन्न लायकः प्रचण्ड

Banner

काठमाडौं,मंसिर १-

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसभामुख ओनसरी घर्ती प्रधानमन्त्री बन्न लायक रहेको टिप्पणी गर्नुभएको छ । काठमाण्डौ क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाकी उम्मेदवार घर्तीलाई आफूले सानैदेखि चिनेको र उहाँमा प्रधानमन्त्री बन्ने दृढता रहेको अध्यक्ष दाहालको भनाइ थियो ।

आज बिहीवार काठमाण्डौमा आयोजित चुनावी सभामा बोल्दै उहाँले मङ्सिर ४ गतेको चुनावलाई नेपाली नागरिकले प्रतिगमनलाई परास्त गर्ने अवसरको रूपमा लिनुपर्ने समेत जिकिर गर्नुभयो । अध्यक्ष प्रचण्डले केपी ओलीले संविधानमा हस्ताक्षर गरेर पनि संविधानको रक्षक र गणतन्त्रको पक्षधर हुन नसकेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘ओनसरी घर्ती महिला प्रधानमन्त्री बन्न लायक सङ्घर्षशील महिला हो । त्यस कारण यस क्षेत्रका लागि एक ऐतिहासिक अवसर नै आएको छ । हाम्रो गठबन्धन संविधानको रक्षाको निम्ति, स्थिरता र विकासको निम्ति हो । अर्को पनि एउटा गठबन्धन छ । केपी ओलीको नेतृत्वमा । तर उनीहरू गठबन्धन भन्दैनन् । उनीहरू राजावादी छन् । राजतन्त्र फर्काउने कुरा गर्छन् । संविधान मिच्ने र च्यात्ने कुरा गर्छन । अनि फेरि भोट माग्न जनताकोमा आउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>