देश/प्रदेश

श्रमिकका लागि मलेसियामा नेपाली दूतावासले सुरु गर्‍यो घुम्ती सेवा

Banner

काठमाण्डौ, मंसिर १-

मलेसियाका विभिन्न सहरमा कार्यरत नेपाली श्रमिकको सुविधाका लागि मलेसियामा रहेको नेपाली दूतावासले घुम्ती सेवा सुरु गरेको छ ।
राजदूत डिल्लीराज पौडेलका अनुसार नेपाली श्रमिकहरु कार्यरत रहेको सहरमै दूतावासबाट प्रवाह गरिने सेवा प्रदान गर्न घुम्ती सेवा सञ्चालन गरिएको हो ।

गैरआवासीय नेपाली सङ्घलगायत नेपाली सङ्घ संस्थाहरुसँगको सहकार्यमा घुम्ती सेवा सञ्चालन गरिएको हो ।क्वालालम्पुरबाट झण्डै चार घण्टा मोटर बाटोको दूरीमा रहेको जोहरवारुमा राजदूत पौडेलले हिजो अस्थायी घुम्ती सेवाको उद्घाटन गर्नुभयो ।

गैरआवासीय नेपाली सङ्घलगायत नेपाली सङ्घ संस्थाहरुसँगको सहकार्यमा घुम्ती सेवा सञ्चालन गरिएको हो । एक हजारभन्दा धेरै नेपाली उपस्थित भएको कार्यक्रममा २ सय ८० जना श्रमिकले राहदानी सम्बन्धी सेवा लिएका थिए । घुम्ती सेवामा राहदानी सम्बन्धी सेवाका साथै दूतावासबाट प्रवाह गरिने विभिन्न सेवाहरु प्रदान गरिएको नेपाली दूतावासले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>