राजनीति

प्रचार प्रसार गर्न होइन, भोट हाल्न म अछाम जाँदै छुः रावल

Banner

काठमाडौँ, मंसिर १-

एमाले नेता भीम रावल अहिले गृह जिल्ला अछाम जाँदै हुनुहुन्छ । पार्टीले अछाम १ बाट प्रतिनिधि सभाको टिकट नदिएपछि रुष्ट बनेका रावल भोट दिन अछाम जान लाग्नु भएको हो । उहाँ मौन अवधि सुरु हुने दिनै गृह जिल्ला जानु भएको छ । त्यस्तै उहाँले भन्नु भयो, ‘म प्रचार प्रसार गर्न होइन भोट हाल्न अछाम जाँदै छु ।’

हाल अछाम १ मा नेकपा एमालेले झपट बोहरालाई उम्मेदवार बनाएको छ भने सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता तथा बहालवाला श्रम तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुवर उम्मेदवार छन् ।

अघिल्लो पटक भीम रावल प्रतिनिधि सभामा निर्वाचित हुँदा हालका एमाले उम्मेदवार बोहरा प्रदेश सभामा विजयी भएर प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री भएका थिए भने नेकपा एसका हालका उम्मेदवार एमालेबाटै राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>