चितवन विशेष

चुनावी प्रचार गर्ने आज अन्तिम दिन, स्थिर अवधिमा मिडियालाई पनि कडाई

Banner

चितवन, मंसिर १–

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुन अब तीन दिन मात्रै बाँकी छ । निर्वाचनका उमेदवार वा दलले भने आज मात्रै चुनावी प्रचारप्रसार गर्न पाउँछन् । आज राती १२ बजेदेखि स्थिर अवधि सुरु हुने भएकाले मतदानको दिनसम्म प्रचारप्रसार गर्न पाइँदैन ।

चुनाव प्रचारका लागि दल तथा उमेदवारहरु आज अन्तिम कसरतमा छन् । चितवनमा सत्ता गठबन्धन र नेकपा एमालेले यसअघि नै आमसभाको आयोजना गरिसकेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले आज नारायणी नदी किनारमा चुनावी सभाको आयोजना गर्दै छ ।

अन्तिम हप्ता दल तथा उमेदवारहरुले चुनावी प्रचारलाई तीव्रता दिएका छन् । स्थिर अवधीमा मतदाता किनबेच हुने अवस्था आउन सक्ने भएकाले निर्वाचन आयोग र सुरक्षा निकायले विशेष चनाखो अपनाउनुपर्ने देखिन्छ ।

स्थिर अवधीमा दल तथा उमेदवार मात्र नभई सञ्चार माध्यमलाई पनि कडाई गरिँदै छ । सञ्चार माध्यमले पनि कुनै दल वा उमेदवारको प्रचार गर्न पाउँदैन ।

प्रत्येक मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री पनि हटाउनुपर्ने छ। स्थिर अवधिअगावै उम्मेदवार र उनीहरूका प्रशंसकका फेसबुक, ट्विटर, टिकटकलगायत पेजका स्पोन्सर सामग्री हटाउन आयोगले आग्रह गरेको छ।

बुधबार राति १२ बजेबाट मुलुकका सबै नाका बन्द भएका छन्। बन्द भएका नाकाहरु मतदान सकिएसँगै खुल्नेछन्। त्यस्तै, स्थिर अवधि सुरु भएसँगै मदिरा बिक्री तथा वितरणमा पनि रोक लगाइने भएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>