राजनीति

देशमा देउवाजस्तो काम गर्ने नेतृत्व आवश्यक छ– कांग्रेस प्रवक्ता डा महत

Banner

भोजपुर,कात्तिक ३०-

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेपालमा कुरा मात्र गर्ने नभएर प्रधानमन्त्री शेरबहादुर देउवा जस्तो काम गर्ने नेतृत्वको अवश्यकता रहेको बताउनुभएको छ । भोजपुरको पूर्वी तिवारीभञ्जयाङमा आयोजित गठबन्धन दलको चुनावी सभालाई सम्बोधन गर्दे पूर्वपरराष्ट्रमन्त्री समेत रहनुभएका डा महतले देशको दिगो विकासका लागि कुराभन्दा काम गर्ने नेतृत्व आवश्यक रहको बताउनुभएको हो ।

डा महतले गुणस्तरीय शिक्षा र स्वास्थ्यको सुनिश्चितताका लागि अब कुरा गर्ने मात्र नभएर काम गर्नका लागि यो गठबन्धन बनेको भन्दै अबको पाँच वर्षमा अवरुद्ध विकासको गतिलाई अझ तीव्रता दिइने बताउनुभयो । समग्र भोजपुरको विकासका लागि मङ्सिर ४ को निर्वाचनमा लोकतान्त्रिक–वामगठवन्धनका उम्मेद्वारहरूलाई जिताउनुको विकल्प नरहेको समेत डा महतले बताउनुभयो ।

लोकतन्त्र र कानूनी शासनमा विश्वास गर्ने सरकारको आवश्यकता रहेको भन्दै उहाँले भन्नुभयो, “लोकतन्त्र र कानूनी शासनमा विश्वास गर्ने सरकार आयो भने देशमा लगानी बढ्छ, उद्योग व्यवसाय रोजगारी सगँसगै पूर्वाधारहरुको विकास हुन्छ, यी सबै पूरा गर्नका लागि गठबन्धनलाई जिताउनु पर्छ ।”

डा महतले भोजपुरमा आफ्नो उम्मेद्वार भएन भनेर चित्त नदुखाउन आफना नेता तथा कार्यकतालाई आग्रह गर्दै सबैले जित्ने वातावरण बनाउनु पर्ने बताउनुभयो । “हाम्रा साथीहरूलाई यहाँ हाम्रो उम्मेदवार छैन भन्ने लागेको होला, अन्य ठाउँमा हाम्रा उम्मेदवारहरू भएकाले एक अर्काले सहयोग गरेर गठबन्धनलाई जिताउँदा मङ्सिर ४ पछि लोकतान्त्रिक–वाम गठबन्धनको बहुमत आउने छ”, कांग्रेस प्रवक्ता डा महतले भन्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>