राजनीति

सत्ता गठबन्धनको चुनावी सभामा बम विस्फोट, एकजना घाइते

Banner

विराटनगर,कात्तिक ३०-

भोजपुरमा सत्ता गठबन्धनको चुनावी सभामा बम विस्फोट भएको छ । भोजपुरको पौवादुम्मा गाउँपालिका तिवारी भञ्ज्याङमा गठबन्धनको चुनावी सभामा विस्फोट भएको हो। सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले सम्बोधन गर्ने कार्यक्रम थियो।

प्रचण्ड कार्यक्रम स्थल पुग्नु केहीबेरअघि मात्रै विस्फोट भएको प्रहरीले जनाएको छ। विस्फोटमा परी एक जना घाइते भएका छन् । घाइते भोजपुर चरंवीका सुमन श्रेष्ठ रहेका प्रहरीले जनाएको छ। उनी विप्लव नेकपाका कार्यकर्ता भएको र बम उनैले बोकेको हुनसक्ने प्रहरीको आशंका छ। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>