देश/प्रदेश

जनवरी २०२३ बाट बुद्ध एयरले सुर्खेतबमट पनि उडान भर्ने

Banner

काठमाडौँ, कात्तिक ३०-

हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले अब सुर्खेतमा ७२ सिट क्षमताको जहाजमार्फत सेवा प्रदान गर्ने भएको छ । बुधबार बुद्ध एयरले नागरिक उड्डयन प्राधिकरणसँगको सहकार्यमा एटीआर–७२ मार्फत सुर्खेत विमानस्थलमा परीक्षण उडान गरेको हो।

बुद्ध एयरले नियमित नेपालगञ्जकै उडान गर्दै आएको एटीआर ७२ मार्फत परीक्षण उडान गरेको छ। परीक्षण उडानपछि विज्ञप्ति जारी गर्दै ७२ सिटे जहाज उडान तथा अवतरणका लागि अनुकूल देखिए जनवरी २०२३ बाट नियमित उडान गर्ने जनाएको छ। ७२ सिट क्षमताको जहाजबाट सेवा दिँदा सुर्खेत–काठमाडौं भाडादर ७ हजार ५०० हुने बुद्ध एयरले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>