देश/प्रदेश

बानेश्वरको एउटै भवनबाट दिनभर लगाएर महानगरले हटायो ४३ बोर्ड

Banner

काठमाडौं, कात्तिक ३०-

काठमाडौं महानगरले धमाधम परिचय पाटी (बोर्ड) हटाउन थालेको छ । महानगर भित्र रहेका अनधिकृत परिचय पाटी हटाउने क्रमको दोस्रो दिन २६० वटा बोर्ड हटाइएको नगर प्रहरी बलले जानकारी दिएको छ ।

पूर्व क्षेत्रको बानेश्वरमा रहेको एउटै भवन (बानेश्वर प्लाजा) बाट ४३ वटा बोर्ड हटाइएको र यसका लागि दिनभर लागेको नगर प्रहरी निरीक्षक लिलाराज गाछाले जानकारी दिए ।

मध्य क्षेत्रअन्तर्गत पुतलीसडकबाट ४३ वटा, उत्तर क्षेत्र महाराजगञ्च चोकदेखि शंखपार्कतर्फबाट ७२ वटा र पश्चिम क्षेत्र कालीमाटीबाट बल्खुतर्फको सडक खण्डबाट १०२ वटा परिचय पाटी हटाइएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>