राजनीति
देश विकास गर्ने पालो युवा पुस्ताको होः ओली
०

काठमाडौँ, कात्तिक ३०
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश विकास गर्ने बागडोर अब युवा पुस्ताको हुनुपर्ने बताएका छन्।
एउटै व्यक्तिले पटकपटक अवसर पाउँदा धेरै क्षेत्रमा प्रभावकारी ढङ्गले विकास हुन नसकेको उनले बताए। अब युवापुस्तालाई विकास निर्माणमा लगाउन उपयोगी हुने उनको भनाइ थियो।
ललितपुर क्षेत्र नम्बर ३ को घरदैलो कार्यक्रममा मंगलबार ओलीले ललितपुर क्षेत्रमा अतियोग्य तथा अनुभवी व्यक्तिलाई उम्मेदवारका रूपमा खडा गरेको बताए। उनले उक्त क्षेत्रमा युवापुस्ताको उल्लेख्य सहभागिता भएकोप्रति खुसीसमेत व्यक्त गरेका थिए। रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























