अर्थ

विद्युत सर्ट भएर नविल बैंकको कोहलपुर शाखामा आगलागी, कागजपत्र जलेर नष्ट

Banner

काठमाडौं, कात्तिक ३०-

बाँकेको कोहलपुरमा रहेको नविल बैंकको शाखामा आगलागी भएको छ ।

आज बिहान ५ बजे नविल बैंकको शाखामा आगलागी भएको हो । बैंकमा रहेको कागजपत्रहरु जलेर नष्ट भएको छ । विद्युत सर्ट भएर आगलागी भएको कोहलपुर प्रहरी चौकीका डिएसपी ऐन नबहादुर मल्लले नेपालप्रेसलाई बताए ।

उनले भने,‘आगलागीबाट भौतिक सामाग्री सबै जलेको छ भने नगद बचेको छ ।अहिले आगो नियन्त्रणमा आइसकेको छ ।’

आगो नियन्त्रणका लागि नेपालगंजबाट दमकल बोलाइएको थियो । र क्षतिको विवरण संकलन भइरहेको उनले बताए । कोहलपुर साझा चोकमा रहेको सो घरको माथिल्लो तलामा नबिल बैंकको शाखा रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>