चितवन विशेष

रविको प्रश्न–चार वर्ष अगाडि नै वैधानिकता पाएको नागरिताको विषयमा कति पटक स्पष्टिकरण दिने ?

Banner

चितवन, कात्तिक ३०–
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन २ का संघीय सांसदका उमेदवार रवि लामिछानेले आफ्नो नेपाली नागरिकताले ४ वर्ष अगाडि नै वैधानिकता पाइसकेको बताएका छन् । नागरिकताको विषयमा आफु विरुद्ध उजुरी परेपछि आज (बुधबार) फेसबुक लाइभ मार्फत उनले उक्त कुरा बताएका हुन् ।

नागरिकताको विषयमा आफुले पटक पटक स्पष्टिकरण दिनुपरेको गुनासो गर्दै उनले अझै कति पटक स्पष्टिकरण दिनुपर्ने हो भनि प्रश्न गरेका छन् । ‘उजुरीको जवाफ हामी दिने छौँ । मतदाता र शुभेच्छुकहरुमा विचलित नहुन र घण्टीमा अझ बढी भोट हाल्न आग्रह गर्दछु’, उनले भनेका छन् ।

उनले फेसबुकमा लेखेका छन्–एउटा नेपालीले पहिले प्रेस काउन्सिलमा, त्यसपछि २०७६ सालमा चितवन प्रहरीमा, त्यसपछि चितवन जिल्ला सरकारी वकीलको अभियोग पत्रमा, अनि चितवन जिल्ला अदालतको आदेस र फैसलामा, अनि उच्च अदालत हेटौडाको आदेसमा, अनि चितवन जिल्ला सरकारी वकील कार्यालय देखि महान्यायधिवक्ताको कार्यालयसम्म नागरीकताको बिषय समेतमा विवेचना भई सेटल भईसके पछि फेरी कति पटक स्पस्टीकरण दिनु पर्ने हो ?

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>