खैरहनी

चितवन क्षेत्र नं.१ मा गठबन्धनको आमसभा भोलि पर्सा बजारमा, डा.स्वर्णीम वाग्लेले सम्बोधन गर्ने

Banner

चितवन, कात्तिक २९–

पाँच दलीय गठबन्धनको चितवन क्षेत्र नं.१ मा भोलि (बुधबार) आमसभा हुने भएको छ । लोकतान्त्रिक बाम गठबन्धन निर्वाचन प्रचार प्रसार समिति चितवन क्षेत्र नं.१ को आयोजनामा पर्सा बजार क्षेत्रमा चुनावी सभा आयोजना गर्न लागेको हो ।

सभामा वरिष्ठ युवा अर्थशास्त्री डा.स्वर्णीम वाग्लेले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । डा.वाग्ले युवा पुस्तामाझ चर्चित छन् । आमसभा दिउँसो १ बजेदेखि सुरु हुने प्रचार प्रसार समितिले जनाएको छ । गठबन्धनको तर्फबाट चितवन क्षेत्र नं.१ मा नेपाली कांग्रेसबाट डा.विश्वनाथ पौडेल चुनावी मैदानमा छन् । उनी राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिएर चुनावी मैदानमा होमिएका हुन् । युवा अर्थशास्त्री डा.पौडेल चितवनको विकासका लागि महत्वपूर्ण मानिएका छन् ।

गठबन्धनबाट चितवन क्षेत्र नं.१ (क)मा कांग्रेसका किरण भुषण ओली र १ (ख)मा नेकपा (एकीकृत समाजवादी)का कृष्णप्रसाद खनाल चुनावी मैदानमा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>